नेपाली सिमेन्ट उद्योग : सेवा र सम्भावना - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

नेपाली सिमेन्ट उद्योग : सेवा र सम्भावना


नेपालमा सिमेन्टका उपभोक्ताहरु व्हात्तै बढेका छन । प्रत्येक नेपालीको मनमा एउटा पक्की घर बनाउने इच्छा जागेकै हुन्छ । सबैको चाहना एउटै हुन्छ : त्यो घर पक्की होस ।

हावा–पानी, झरी बतास खेप्न सकोस । सुविधाजनक होस । पुस्तौं–पुस्तासम्म टिकोस । मर्मत सम्भारको धेरै झन्झटगर्न नपरोस । यति भए पुग्छ ।

एकसमय थियो, नेपालीहरु तेलिया ईंट छापेको कौशी र झिंगटीले छाएको घरको सपना देख्दथे । अहिले त्यो सपनाको बिकल्प बनेको छ सिमेन्ट । सिमेन्टले जडान र ढलान गरेको घर धेरै पक्की हुन्छ भन्ने बिश्वास नेपाली समाजमा स्थापित भै सकेको छ । नेपालको पहाडी क्षेत्रमा सिमेन्ट लोकप्रिय हुँदै गएको छ । गाउँवासीहरु आफनो घर बनाउँदा सिमेन्टको प्रयोग गर्न चाहन्छन ।

तर, अहिलेसम्म पनि पहाडी भेगतिर सिमेन्टको सुलभ पहूँच हुन सकेको छैन । यद्यपि, पहाडी क्षेत्रमा सिमेन्ट पुर्याउने लक्षका साथ सिमेन्ट कारखाना खोल्ने काम भै रहेको छ ।

नेपालमा सबैभन्दा पहिले खुलेको सिमेन्ट उद्योग हिमाल सिमेन्ट हो । सरकारी क्षेत्रबाट खोलिएको यो उद्योग छिटै लोकप्रिय भयो । तर, यो लामो समयसम्म चल्न सकेन । हिमाल सिमेन्टको कारखाना काठमाडौ उपत्यकाको दक्षिण, चोभारमा रहेकोले उद्योगले उपत्यकामा प्रदूषण बढाउन थालेको थियो । नेपालको त्यो पहिलो सिमेन्ट कारखाना काठमाडौ उपत्यका बाहिरसार्ने योजना थियो । तर, त्यसको कार्यान्वयन हुन सकेन ।

सरकारी स्वामित्वमा खुलेको हेटौंडा सिमेन्ट उद्योग दोस्रो थियो भने उदयपुर सिमेन्ट उद्योग तेश्रो । यी दुबै कारखाना अहिलेसम्म चली नै रहेका छन । तर, अनेकन प्रशासनिक झमेलामा अल्झिएका ती दुबै कारखानाका उत्पादन राम्रा भएपनि सिमेन्टको बजारमा खासै प्रतिस्पध्र्दागर्न सकिरहेको देखिदैन ।

सरकारले खुला अर्थनीतिको अवलम्वन गरेपछि सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी बढ्यो । सरकारले निजी क्षेत्रलाई प्रोत्साहितगर्ने नीति अपनाएपछि देशमा सिमेन्ट उद्योगहरु खुल्न थाले ।

पछिल्लो समयमा नेपालमा दर्जनौं ठूला–साना सिमेन्ट उद्योगको स्थापना भएकोछ । यो खुशीको कुरा हो । तर, सिमेन्टको गुण र टिकाउपनका बारे उपभोक्ताहरुमा त्यत्तिकै संशय र चासो छ ।

सबै सिमेन्ट गुणस्तरीय नै हुन्छन भन्न सकिदैन । सामान्य उपभोक्ताका लागि कुन सिमेन्ट गुणस्तरीय र कुन सिमेन्ट गुणस्तरहीन हुन भन्ने छुट्याउनु कठीन हुन्छ ।

गुणस्तरको हिसावले शिवम सिमेन्ट उद्योगले बजारमा राम्रो प्रतिष्ठा कमाएकोछ । शिवम् सिमेन्टले उत्पादन र बजार ब्यवस्थापनमा उपभोक्तालाई सन्तुष्ट तुल्याउने ब्यवसायिक नीति अवलम्बन गरेको देखिन्छ ।

नेपाली बजारमा ओपीसी सिमेन्ट मात्रै उत्पादनगर्ने सिमेन्ट कम्पनीको रुपमा पनि शिवम सिमेन्टले आफनो परिचय स्थापित गरेको छ ।

सन् २००३ मा हेटौँडाको हटियामा स्थापित शिवम् सिमेन्ट लिमिटेड निजी क्षेत्रको लगानीमा खुलेको सर्बाधिक ठुलो सिमेन्ट कम्पनीका रुपमा प्रतिष्ठित रहेकोछ । यो कम्पनीमा नेपालका प्रतिष्ठित ब्यापारिक घरानाहरुको लगानी रहेकोछ । शिवम सिमेन्टको आफ्नै चुनढुङ्गा खानी छ । अत्याधुनिक प्रशोधन प्रविधि जडिएको शिवमले गुणस्तरीय सिमेन्ट उत्पादन कम्पनीका रूपमा आफनो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोछ ।

अहिलेसम्म शिवम नै नेपालको ठुलो सिमेन्ट उद्योगका रूपमा स्थापित रहेकोछ । कम्पनीले जर्मन प्रबिधि प्रयोग गरेर ओपीसी अर्थात ‘अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट’ उत्पादनमा बढी जोड दिइ रहेकोछ । शिवम सिमेन्टमा मिसावटको कुनै सम्भावना रहेको छैन ।

आफ्नै चुनढुंगा खानी रहेकाले शिवम कम्पनीको उत्पादन क्षमता ३ हजार टन सिमेन्ट रहेको छ । कम्पनीले आफनो कारखानाबाट दैनिक १९ सय टन क्लिंकर उत्पादनगर्दै आएकोछ । कम्पनीले उत्पादित क्लिंकरलाई अन्य सिमेन्ट उत्पादक कम्पनीलाई पनि बिक्रि गर्ने गरेको छ । शिवमको एउटा खूवी के हो भने यसले जनताको चाहनाको कदर गरेकोछ ।
’शिवम् सिमेन्ट’ नेपालको एउटा यस्तो औद्योगिक संस्था हो जसमा सर्वसाधारणको समेत लगानी रहेकोछ । शिवम सिमेन्ट कम्पनीलाई धितोपत्र बोर्डले आइपीओ निकाल्न स्वीकृति दिएको छ ।