नेपाली बजारमा गुणस्तर र पहिचानलाई शिवम् सिमेन्टले आफ्नो मापदण्डको आधार बनाएको छ । उद्योगले आफ्नो उत्पादनको गुणस्तर मापनगर्न अत्याधुनिक मेसिन जडान गरेकोे छ । आफ्नै चुनढुङ्गा खानीबाट बनेको गुणस्तरीय शिवम्को ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादनपछि बजारको माग धान्न शिवम्लाई हम्मेहम्मे परिरहेको छ ।
शिवमले गुणस्तर मापनका आधार सहित वैज्ञानिक प्रविधिमा आधारित नमूना परीक्षणका लागि आवश्यक आधुनिक संयन्त्र भित्र्याइसकेको छ । यसले बजारको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो गुणस्तरीय उत्पादनको विक्रि वितरण गर्दै आईरहेको छ ।
आफ्नै खानी र आफ्नै चुनढुङ्गा भएकोले शिवम्ले कच्चापदार्थको अभावलाई टार्दै आईरहेको छ । क्रसिङ मेसिनमा विभिन्न साईजका ढुंगाहरुलाई २० मिलिमिटरसम्म सानो बनाइन्छ । सिमेन्ट बनाउने प्रक्रियाको शुरुवात यहीं बाट हुन्छ । ढुंगाहरूलाई मेसिनले २० माइक्रोनमा पेल्दछ र क्रिंकराइजेसन प्रक्रिया आधुनिक विधिबाट अगाडि बढाइन्छ । त्यसपछि १४५० डिग्री तापक्रममा ढुङ्गाबाट सिमेन्टबन्ने पदार्थलाई पकाइन्छ । कोइलालाई पनि पिधेर धुलो बनाइन्छ । यसलाई कुलरले १ सय डिग्रीमा परिवर्तन गर्दछ ।
यो प्रक्रियाबाट शिवम्ले दैनिक १९ सय टन क्लिंकर उत्पादनगर्दै आइरहेको छ ।
कारखानामा यसको नमूना परीक्षण निरन्तर भईरहन्छ । परीक्षणको नतिजालाई ध्यानमा राख्दै भण्डारण भएको क्लिंकरलाई पुनः पेलिन्छ र क्लिंङकर र जिप्सनलाई पिधेर मिसाउने काम गरिन्छ । यसले सिमेन्टको सेटिङ टाइम बढाउँछ । सिमेन्ट जति मसिनो हुन्छ उति नै टिकाउ हुन्छ ।
यसरी नै मेसिनबाट प्रक्रियागत रूपमा सिमेन्ट उत्पादन हुने गर्दछ । आवश्यक परीक्षण सकिएपछि प्याकेज भएको सिमेन्ट सिधै बजारमा पठाइन्छ ।
ओपीसी मात्र उत्पादनगर्ने शिवम् सिमेन्टले भारतीय स्ट्याण्डर्ड आईएस मार्क, नेपालको एनएस मार्क, ग्वोबल स्ट्याण्डरको आईएसओ मार्क प्राप्त गरेकोछ । यसबाट गुणस्तरमा यो अब्बल ब्राण्डको सिमेन्ट हो भन्ने स्थापित भएकोछ ।
मारूती, अर्घाखाँची, सर्वोत्तम र शिवम् सिमेन्टले आफ्नै चुनढुंगाखानीबाट क्लिंकर उत्पादन गरिरहेका छन् । नेपालमा करीब ६५ सिमेन्ट कम्पनीहरू रहेकाछन । यी मध्ये लगभग ४० सिमेन्ट उद्योगहरू बजारमा प्रतिस्प्रर्धा गरिरहेका छन् ।
नेपालमा चुनढुंगा प्रशस्त मात्रामा पाइन्छ । नेपालका सिमेन्ट कम्पनीहरुले यसको सदुपयोग गरिरहेकाछन । चुनढुङ्गा सिमेन्ट उत्पादनका लागि आबश्यक मुख्य कच्चा पदार्थ हो । नेपालका पहाडमा पाईने खनिज पदार्थ मध्ये चुनढुङ्गाको उत्खनन सबैभन्दा बढी भएकोछ । विषम परिस्थितिमा जनताको साथमा उभिएको शिवम् सिमेन्टले नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनाएकोछ । जनताका बीच यसको लोकप्रियता स्थापित भइ सकेकोछ ।
शिवम सिमेन्टमा मिसावटको कुनै सम्भावना हुदैन । नेपाली सिमेन्ट उद्योगमा अत्याधुनिक उत्पादनका लागि अत्याधुनिक प्रविधि र उपकरण भित्र्याउने कम्पनीका रुपमा शिवम् सिमेन्टको परिचय स्थापित भएकोछ । ओपीसी सिमेन्टको प्रयोग ठुलाठुला परियोजनाहरुमा हुने गरेको छ । पकड क्षमता उच्च रहेकाले उपभोक्ताको रोजाइमा शिवम अगाडि रहेकोछ । निर्माण ब्यवसायमा यसले आफनो साख स्थापित गरिसकेकोछ ।
वर्तमान समयमा सिमेन्ट उद्योगहरुको आर्थिक अवस्था त्यति सन्तोषजनक रहेको छैन । आर्थिक मन्दीले निर्माण कार्य शिथिल छ भने कच्चा पदार्थको मूल्यमा बृद्धि, अघोषित लोडसेडिङ, विक्रि मूल्यमा प्रतिस्पध्र्दा, भुक्तानी ढिलो आउने जस्ता समस्याले सिमेन्ट उद्योगहरुले संकट बेहोर्नु परेकोछ । अहिले कतिपय सिमेन्ट उद्योगहरु बन्द भएका छन ।
नेपाली बजारमा तीन प्रकारका सिमेन्ट प्रचलित छन : ओपीसी, पीपीसी र पीएससी । प्रयोगको हिसावले ओपीसी र पीपीसी लोकप्रिय छन । शिवम् आफ्नो गुणस्तरलाई कायम राख्दै ओपीसी सिमेन्टमात्र उत्पादन गर्दछ । शिवमकोले राष्ट्रिय गौरवका आयोजना र ठुलाठुला परियोजनामा आफ्नो सक्रिय उपस्थिति जनाइरहेको छ । फास्ट ट्रयाक तथा अन्य ठूला संरचनाहरुको निर्माणमा शिवम प्रयोग भईरहेको छ ।
बजार ब्यवस्थापनमा ब्यबहारिक, आर्थिक नीतिमा स्पष्ट र कुशल जनशक्तिको संयोजन शिवमको बिशेषता रहेकोछ ।