नेपालमा गुणस्तरीय निर्माण सामग्रीको मांग बढदो स्थितिमा छ । निर्माण सामग्री भन्नासाथ सिमेन्टको नाम आइ हाल्दछ । बजारमा विभिन्न नामका सिमेन्ट नपाइने होइन । तर, ती सिमेन्टको गुणस्तरका बारेमा ग्राहकहरु ढुक्क हुन सक्दैनन । यही बास्तबिकतालाई आत्मसातगर्दै शिवम् सिमेन्ट लिमिटेडले चीनको ‘होङसी सिमेन्ट ग्रुप’ संगको साझेदारीमा नवलपरासीमा ‘होङसी–शिवम् सिमेन्ट कारखाना’ सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपाली निर्माण उद्योग अन्तर्राष्ट्रिय साझेदारीमा प्रवेश गरेको यो नै पहिलो हो ।
अहिले नेपालका ठूला ठूला बिकास परियोजनाहरुमा ‘होङसी–शिवम सिमेन्ट’ को प्रयोग भईरहेको छ । यो उद्योगबाट दैनिक ६ हजार टन गुणस्तरीय सिमेन्ट उत्पादन भईरहेकोछ । यद्यपि, होङसी शिवम् सिमेन्ट लिमिटेडमा ‘शिवम् सिमेन्ट लिमिटेडको २० प्रतिशत मात्र स्वामित्व रहेको छ ।
शिवम् सिमेन्टले एन.एस.५७२ अन्तर्गत ५३ ग्रेड र ४३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आईरहेको छ । कोभिड–१९ को अत्यन्त विषम परिस्थितिमा शिवम्ले ग्राहकहरुको सुविधाका लागि घरमै बसेर सिमेन्ट खरीदगर्न सकिने ‘शिवम् मोवाईल एप’ प्रचलनमा ल्याएको थियो । यो एप सिमेन्ट उपभोक्तहरुका बीचमा निकै लोकप्रिय भएको छ । यो एपले ग्राहकका लागि सिमेन्ट खरीद सहज बनाएकोछ ।
ग्राहकवर्गको आवश्यकताको सहज आपूर्ति र गुणस्तरीय उत्पादनका लागि शिवम सिमेन्ट विभिन्न अवार्डबाट सम्मानित भएको छ । शिवम सन् २०१९ मा एनएस क्वालिटी अवार्ड पाउने पहिलो उद्योग भएको थियो । यो सम्मान नेपाल सरकारको गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिन्छ ।
‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ भन्ने आकर्षक नारासहित नेपाली बजारमा स्थापित शिवम सिमेन्टले भारतीय बजारमा सिमेन्ट निर्यातको मार्ग सहज र सुगम बनाएकोछ । अहिले निर्माण सामग्रीको बजारमा शिवमका दुई ब्रान्ड उपलब्ध छन् : शिवम् र शिवम् प्लस । यी दुबै ओ.पी.सी ब्राण्ड सिमेन्ट भए तापनि शिवम् सिमेन्ट भन्दा शिवम् प्लसको कम्प्रेसिभ स्ट्रेन्थ बढी रहेको अनुभव निर्माण क्षेत्रका प्राविधिकहरुले गरेकाछन । प्राविधिकहरुले निर्माणको आवश्यकता हेरेर यी दुइ ब्राण्ड मध्ये कुन ब्राण्ड उपयुक्त हुन्छ भन्ने निर्धारण गर्छन् ।
शिवम् सिमेन्ट रेलवे पटरी, अग्ला घर र लामा पुलहरु, विशालकाय भौतिक संरचनाहरु, इन्टर–ब्लकहरु, सडक, विमान धावनमार्ग र औद्योगिक भवन, पुलका खम्बा, अग्ला र ठूला संरचनाको बीम, गगनचुम्बी भवनहरु, सीसी पुल र विद्युतीय खम्बा निर्माणका लागि बिशिष्ट मानिएको छ ।
नेपालमा बन्ने जस्तोसुकै भवन संरचनाका लागि गुणस्तर र आपूर्तिका हिसाबले शिवम् र शिवम् प्लस सिमेन्ट पर्याप्त हुने कम्पनीको दाबी छ । ब्यवसायिक बिश्वसनीयता शिवमको बिशेषता भएकोले गर्दा शिवम सिमेन्टको बजार बढ्दो अवस्थामा रहेकोछ ।
शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्ताहरुको सुविधाका लागि निर्माण स्थलमै पुगेर निर्माण विशेषज्ञ तथा प्राविधिक टोली मार्फत ग्राहकका लागि सुविधाजनक प्राविधिक, परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदानगर्दै आएको छ । उसैपनि शिवम गुणस्तर र तौलका हिसावले उत्कृष्ट सिमेन्ट हो भन्ने तथ्य प्रष्ट भइ सकेकोछ ।