राजनीतिक नेतृत्व अक्षम : प्रभाकर - रुपान्तरण
 २०८२ असार ८, आईतबार    

राजनीतिक नेतृत्व अक्षम : प्रभाकर


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रको आयोजनामा शुक्रवार भएको छलफल कार्यक्रममा देशमा राजनीतिक अधिकारको बहाली र समावेशी राज्य ब्यबस्थाको स्थापना भएपनि जनताको जन–जीविकाको प्रश्नमा नेतृत्व पूर्णतया चुकेको बताउनु भएकोछ ।

कार्यक्रममा ‘वर्तमान राजनीतिक समस्या’ बिषयमा कार्यपत्र प्रस्तुतगर्दै शर्माले भन्नुभयो : जनतामा अहिले निराशा र आक्रोश चुलिनुको मूल कारण राजनीतिक नेतृत्वको अक्षमता हो ।

शर्माको भनाइ थियो, नेपालको राजनीतिक नेतृत्व शासन ब्यबस्था र सत्ता परिवर्तनका लागि काबिल रहेको तर, राजनीतिक ब्यबस्थापन, प्रशासनिक परिचालन, सुशासन, आर्थिक विकासको भिजन बनाउने काममा निकम्मा रहेकोछ ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका युवा सांसद एनपी साउदको उपस्थिति निकै अर्थपूर्ण थियो । कार्यक्रममा एमालेका नेता सुरेन्द्रराज पाण्डे, वामपन्थी नेता घनश्याम भूसाल तथा अर्थविद बिश्वम्भर प्याकुरेल लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

भूसालले देश बिगार्नमा नेताहरुको निरन्तरको योगदान रहेको कटाक्षगर्नु भएको थियो ।