राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको विषेश अधिवेशन आह्वान - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको विषेश अधिवेशन आह्वान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ।

‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) कमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेका’ ले सोही प्रयोजनका लागि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा (३) बमोजिम बैठक आहवान गरिएको उल्लेख छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले बैठक आव्हान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिरुद्ध गठवन्धनको चर्चा सेलाएको अवस्थामा संसदबाट विश्वासको मत लिने प्रयास गरको बुझिएको छ ।

आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने विषयमा यकीन गर्न प्रधानमन्त्रीले जुनसुकै बेला विश्वासको मत लिन सक्ने प्रावधान छ । आइतार मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको बुझिएको छ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । यता सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३६ सांसदको समर्थन लिनुपर्छ ।

"