- रुपान्तरण विशेष
डा. मुकुल ढकाल र राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कुनैबेला असल र अभिन्न मित्र थिए । देशको अनकण्टार मानिने कालिकोटमा स्तरीय अस्पताल सन्चालनको विचार बोकेर हिंडेका रविका लागि भरोसा बनेका थिए डा. ढकाल । तर, राजनीतिको स्वभाव विचित्रको हुन्छ । अस्पतालका बारेमा रवि र मुकुलको कुरा मिलेपनि उनीहरुको राजनीतिक स्वभाव मिल्दैन थियो । अहिले यी दुबैको मेलजोल छैन । रवि सत्ताको कुण्डमा चुर्लुम्म डुबेका छन भने डा. ढकाल आफनै पेशामा अडिएकाछन । डा. ढकालको मन राजनीतिबाट मोडिएको छैन । रविको बृत्तमा रहेको पार्टीबाट निकालिएपनि रास्वपामा रहेका ‘मित्र’ हरुसंग उनको निरन्तर वसउठ छँदैछ । प्रधानमन्त्री बालेन साहसंग उनको मित्रता र भलाकुसारी यथावत रहेकोछ । डा. ढकालको मनमा कसैप्रति क्लेशपनि छैन । डा. ढकाल भन्दछन : बालेनको हातमा देश बनाउने मौका छ । तर, उनमा केही गर्ने वा गर्नसक्ने आँट छैन । नेपालको राजनीति नै मूल धारबाट बाहिरिएकोछ ।
डा. ढकालको विचारमा गगन थापा र विश्वप्रकाशका गतिविधिले ‘घण्टी’लाई भरपूर फाइदा भएकोछ । गगन र बिश्वले खेल्नुपर्ने त क्रिकेट नै थियो । तर, उनीहरु लूडोको खेलमा रमाइ रहेका छन । गगन र बिश्वले बुझनु पर्दछ : सूर्यले पृथ्वीको परिक्रमा गर्दैन, पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । मूल्य पद्धतिको अर्थ र उद्देश्य नबुझेपछि सबै कुरा सकिन्छ । राजनीतिलाई मूलधारबाट बाहिर जान दिनु गलत हुन्छ ।
रवि लामिछानेसंग डा.ढकालको सम्बन्ध हार्दिक छैन । रवि लामिछाने नेपालको राजनीतिमा ‘रंगीन’ र महत्वाकांक्षी ब्यक्तित्व हुन भने राजनीतिकर्मीका रुपमा डा.मुकुल ‘नवोदित प्रतिभा’ हुन : यसमा कुनै शंका छैन । भक्तपुरमा जन्मिएका रविको नेपाली राजनीतिमा प्रवेश त्यति अनपेक्षित थिएन । राजनीतिमा प्रवेश गर्नुभन्दा पहिले उनी सुख र समृद्धिको खोजमा अमेरिका पुगेका थिए । उनले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता र पासपोर्ट लिएका थिए । अमेरिकाको नागरिकतालिन आफनो देशको नागरिकता त्याग्नु पर्दछ । रविले नेपालमा पनि ‘प्रेम’ गरेका थिए इशासंग । उनीसंग विहे पनि गरे । अमेरिका लिएर गए । इशा अहिले अमेरिकी नागरिकका रुपमा अमेरिकामा नै बस्छिन ।
रविले अमेरिका पुगेरपनि प्रेम गरे । आफनो रंगीन ब्यक्तित्व र ‘चुलवुले’ स्वभावलाई उनले निकै मेहनतसाथ ‘गोप्य’ राखेर प्रेमिल जीवनलाई निरन्तरता दिएका थिए । उनको प्रेम जीवन र वैवाहिक जीवन दुःखद नरहेको बताउँछन उनका नजीकका साथी संगातीहरु । रविकी हालकी धर्मपत्नी निकिता विराटनगरको सम्भ्रान्त पौडेल परिवारमा जन्मिएकी हुन ।
रवि किन र कहिले नेपाल फर्किएका हुन ? यसको तिथिमितिको एकीनगर्नु रवि स्वयंका लागि पनि कठिन होला । नेपाल फर्किएपछि उनले न्यूज ट्वेन्टीफोर टेलिभिजन मार्फत ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियान चलाए । बुद्ध नेपालमा जन्मिएका थिए भन्ने ‘सत्य’ बारम्बार प्रमाणितगर्न चाहने नेपालका तत्कालीन शासक र शासितहरुको नजरमा रवि ‘देशभक्त’ ठहरिए ।
त्यसपछिको समयमा उनले कहिले प्रधानमन्त्री कार्यालयको सौजन्य र सौहार्द्रतामा नेपाल टेलिभिजनमा कार्यक्रम ‘सिधा कुरा जनतासंग’ चलाए, कहिले के गरे र कहिले के गरे । र, अन्त्यमा, राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरे । उनको पार्टीले चुनावमा भाग लियो । उनी चितवनबाट बिजयी भए । यसको एउटा मुख्य कारण उनको ‘नारी मैत्री चरित्र’ थियो । चुनावमा विजयी भएका रविलाई प्रधानमन्त्री प्रचण्डले उप–प्रधानमन्त्री बनाए । रवि दुइपटक उप–प्रधानमन्त्री भए ।
पोहोर सालको भदौमा जेनजी विद्रोहपछि भएको संसदीय चुनावमा रविको पार्टीले काठमाडौंका पूर्व मेयर बालेन साहको नेतृत्वमा चुनाव लड्यो । रविको पार्टीले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो । तर, त्यसको जश पाए – बालेनले । उनी प्रधानमन्त्री भए । रविले आफना उच्च आकांक्षाहरु दवाएर बालेनलाई देशको मुख्य कुर्सीमा स्थापित गरिदिए ।
सत्तातिरको यात्रामा अघि बढदा रविले पाएका मित्र थिए – डा.मुकुल ढकाल । कालिकोटतिर अस्पताल बनाउने रविको उच्च आकांक्षाका सारथी थिए : डा.ढकाल । तर, मुकुलले रविका राजनीतिक दाउपेचहरु पचाउन सकेनन । मुकुलले सहकारी काण्डमा रविले जवाफ दिनुपर्ने कुरा दुइबर्ष अघि नै उठाएका थिए । मुकुल र रविका बीच मनमुटाव बढदै गएपछि रविले उनलाई पार्टीबाटै निकाली दिए ।
डा.ढकालले २०८१ सालमा नै भनेका थिए – के.पी. ओली र प्रचण्डसंग मिल्नुभन्दा वालेनसंग मिल्नु राम्रो हुन्छ । तर, रविले आपूm निकट मानिएका डा.ढकाललाई अनाबश्यक कारवाही गरे । आफना गल्तीहरुको दोष दीपक बोहोराको टाउकोमा थोपरी दिए ।
डा. ढकाल भन्दछन – श्रीलंकामा सत्ताको परिवर्तनका लागि एकबर्ष संघर्ष भयो । बांगला देशमा छ महिनामा नै शेख हसिनाको सत्ता ढल्यो । नेपालमा निर्वाचित सरकार बिरुद्धको आन्दोलन दुइदिनमा नै निष्कर्षमा पुग्यो । बल्लतल्ल राष्ट्रपति र पद्धति जोगियो । तर, परिस्थिति अझै जटिलहुने देखिएकोछ । सन १९५०–१९६० को दशकमा दिल्ली र बेइजिंगमा हिन्दी–चीनी भाइ–भाइको नारा गुन्जिने गथ्र्यो । बीचमा, लामो कटुता छायो दुबै देशका बीच । तर, अहिले ‘हिन्दी–चीनी भाइ–भाइ’ को नारा सार्थक हुन थालेकोछ । यता, हाम्रो देशमा पूर्वराजा ज्ञानेन्द्रको शैली बदलिन थालेकोछ । यो कुरा देउवा, ओली र प्रचण्डले राम्ररी बुझेका छन कि छैनन ? उनीहरुले नै बुझेका छैनन भने राजनीतिका नयाँ नयाँ खेलाडीहरुले कसरी बुझुन ?
डा.ढकालका अनुसार, नेपालमा संचालित अधिकांश मेडिया र सोसल मेडिया पूर्वराजा ज्ञानेन्द्र साह समर्थकहरुको पकडमा रहेका छन । तिनका गतिविधि हेर्दा यो कुरा स्पष्ट थाहहुन्छ । लोकतान्त्रिक विचारका संवाहकहरुले यो कुरा नवुझेका छैनन । तर, ती अहिले नै बोल्न चाहदैनन । डा. ढकाल भन्दछन : २०८४ सम्म नेपालको संविधान संकटमा रहनेछ । भारत, चीन र अमेरिकासंग सन्तुलित सम्बन्ध बन्न सकेन भने यहाँ जुनसुकै बेला जे पनि हुुन सक्दछ ।
‘सवभन्दा ठूलो कुरा हो संविधानले ब्याख्या गरे अनुसारको मूल्य पद्धति । त्यसको रक्षाका लागि संघर्ष त गर्नै पर्दछ । संघर्षगर्न सकिएन भने मूल्य पद्धति रहँदैन । भन्नुहोस त, मूल्य पद्धति विनाको समाज कस्तो होला ?