ओली-देउवा भेट : विश्वासको मत नदिने देउवाको जवाफ - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

ओली-देउवा भेट : विश्वासको मत नदिने देउवाको जवाफ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

कांग्रेस सभापति देउवाले भने आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेको भन्दै मिलेर जान प्रस्ताव गर्नुभएको पनि डा. महतले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई देउवाले संसद्मा नै हिसाब किताब हुने भन्दै विपक्षमा नै मतदान गर्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीसंगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पूर्व सभामुख सुबास नेम्वाङ पनि बूढानीलकण्ठ गएका थिए ।