कांग्रेसले वैशाख २५ गतेका लागि बोलायो संसदीय दलको बैठक - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

कांग्रेसले वैशाख २५ गतेका लागि बोलायो संसदीय दलको बैठक


काठमाडौं । वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले यही वैशाख २५ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्नेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभाका लागि पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल बनाउने कांग्रेसको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते का लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।