बलमिच्याई गरी आयोगमा पदपूर्ति गरे अमान्य - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

बलमिच्याई गरी आयोगमा पदपूर्ति गरे अमान्य


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

नेता नेपालले शनिबार विहान सामाजिक संजालमार्फत कोरोना ९कोभिड–१९० भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भनेका हुन् ।

उनले मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने बताएका छन् । उनल अगाडी भनेका छन्, ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेता नेपालले शनिबार बिहान ओलीको कदमविरुद्ध प्रतिक्रिया दिएका हुन् । 

"