१९ सांसदलाई कोरोना संक्रमण पुष्टि - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

१९ सांसदलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । बैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोरोना परिक्षणमा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभा एक जना गरी १९ जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

बैशाख २२, २३ र २४ गते तीन दिनमा १२ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको र १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको सभामुखमका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिएका छन् ।
न्यौपानेले संचारमाध्यमहरुलाई उपलब्ध गराएको विवरण अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद छन् । बाँकी संसद सचिवालयका कर्मचारी, स्वकीय सचिव, सुरक्षाकर्मी, मर्यादापालक, ससदीय मामिला पत्रकार रहेका छन् । वैशाख २७ का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशनका कोरोना परीक्षण गरिएको हो ।