बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री गुरुङले दिए राजीनामा - रुपान्तरण
 २०८१ बैशाख २५, मंगलबार    

बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री गुरुङले दिए राजीनामा


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले दिनुभएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसकेकी छन् । पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।

त्यसअघि आइतबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो । गुरुङ राजीनामा लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएको बताए ।

संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए।

बैशाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।