नेपालमा देखियो कोरोनाको भारतीय भेरियन्ट - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपालमा देखियो कोरोनाको भारतीय भेरियन्ट


काठमाडौं । नेपालमा पछिल्लो समय सबै उमेर समूहका लागि धेरै सङ्क्रामक र जोखिमपूर्ण कोरोना भाइरसको भेरियन्ट फैलिएको पुष्टि भएको छ। कोरोना भाइरसको भारतीय भेरियन्ट भनिएको (बी.१.६१२.२) नेपालमा अत्याधिक फैलिरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

गत हप्ता कोरोना सङ्क्रमित ३५ जनाको नमुना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को समन्वयमा भारतको ल्याबमा सिक्वैंन्सिङ गर्दा ९७ प्रतिशत अर्थात् ३४ नमुनामा भारतीय भेरियन्ट देखिएको हो । त्यस्तै एक नमुनामा भारतीय डबल म्युटेन्ट भेरियन्ट भनिएको (बी.१.६१२.१) देखिएको छ।

योसँगै नेपालमा हालसम्म तीन भेरियन्टको सङ्क्रमण फैलिरहेको र सबैभन्दा बढी भारतीय भेरियन्ट फैलिरहेको पुष्टि भएको छ। भारतीय भेरियन्टलाई डब्लुएचओले विश्वव्यापी चिन्ताको भेरियन्टका रुपमा घोषणा गरिसेको छ। हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ।