माधव र झलनाथसहित ११ सांसद निष्कासित, १२ जनालाई स्पष्टिकरण - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

माधव र झलनाथसहित ११ सांसद निष्कासित, १२ जनालाई स्पष्टिकरण


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले थप १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको छ । पार्टी अनुशासन विपरित गतिविधि गर्ने सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

बैठकले पाण्डेसहित घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

बैठकले नेता माधवकुमार नेपालसहित झलनाथ खनाल, भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई निष्कासन गरेको छ ।