महत्वकांक्षी लक्ष्यसहित आगामी वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

महत्वकांक्षी लक्ष्यसहित आगामी वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२।६ प्रतिशत विनियोजन गरेको छ ।

त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ । स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले कोरोना महामारीकैबीच महत्वकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राख्दै बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राख्दै अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजानिक गरेका छन् ।

आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भएकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री पौडेलले बताए । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

तर, केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर ४.०१ प्रतिशतमै सीमित रहेन संशोधित अनुमान गरेको छ । निषेधाज्ञा लम्बिए उक्त संशोधित लक्ष्य पूरा हुने दखिँदैन ।