ज्योति गुप्रद्वारा कोभिड राहतमा दुई करोडको सहयोग - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

ज्योति गुप्रद्वारा कोभिड राहतमा दुई करोडको सहयोग


काठमाडौं । नेपाली उद्योग क्षेत्रको चर्चित ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एकजुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैंयाँ राहत रकम प्रदान गरेको छ । सहयोगकै क्रममा क्रिएसन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

त्यस्तै आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सनट्रेटरस हेल्थी नेशन फाउण्डेशनलाई ७लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सनट्रेटरस सहयोग उपलब्ध गराइएको छ ।

यसका साथै गंगालाल अस्पताललाई पाँच लाखको पिएपीआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबीआइलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।

त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुनेगरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।