युकेमा कोरोनाको ‘नेपाल भेरियन्ट’को चर्चा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

युकेमा कोरोनाको ‘नेपाल भेरियन्ट’को चर्चा


काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार आएपछि अनुसन्धान शुरु भएको छ । ब्रिटेनको एउटा पत्रिकाले त्यस्तो समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु हो ।

कतिपयले ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ। नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ समाचारमा दाबी गरिएको छ।

तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भने नेपालमा कोभिड १९को नयाँ अथवा छुट्टै भेरिअन्ट फेला परेको थाहा नभएको बताएको छ । नेपालमा हालसम्म सुरुमा बेलायतमा भेटिएको भेरिअन्ट अल्फा र भारतमा देखिएका दुई भेरिअन्ट डेल्टा र कापा मात्रै फेला परेको आफूलाई जानकारी भएको बताएको हो ।

यी तीन भेरिअन्ट मध्ये हाल नेपालमा डेल्टा भेरिअन्ट सक्रिय रहेको समेत डब्लुएचओले जनाएको छ । बेलायती सञ्चारमाध्यमले उल्लेख गरे अनुसारको अन्य कुनै भेरिअन्ट नेपालमा देखिएकोबारे जानकारी नभएको डब्लुएचओको नेपाल स्थित कार्यालयले जानकारी दिएको हो ।