कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो


काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपालले खरिद गरेको हो जसका लागि सरकारले ९३ करोड रकम सेरम इन्स्टिच्युटलाई बुझाएको छ ।

बाँकी १० लाख डोज खोप भने केही दिनमा आइपुग्ने जनाइएको छ । भारत सरकारले अनुदानमा खोप दिएको १ महिनापछि नेपालले खोप खरिद गरेको हो ।

माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो । त्यसपश्चात सरकारले माघ १४ गतेदेखि खोप अभियान सुरु गरेको थियो ।

हालसम्म ३ लाख ८३ हजार ३ सय ९६ जनाले खोप लगाइसकेका छन् । सरकारले आइतवार खरिद गरेर ल्याएको खोप फागुन २३ गतेदेखि ६० बर्ष उमेर माथिका व्यक्तिलाई लगाउने तयारी गरेको छ ।

अब भने खोप केन्द्रमा नै गएर खोप लगाउने गरी तयारी भएको मन्त्रालयले जनाएको छ । हाल नेपालको जनसंख्याको १ प्रतिशत बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

"