वैरागी काइँलाको स्वास्थ्यमा सुधार - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

वैरागी काइँलाको स्वास्थ्यमा सुधार


काठमाडौं । ॐ अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ ।

एकसाताअघि मस्तिष्काघात भई काठमाडौंको ॐ अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई हाल सघन उपचार कक्षबाट बार्डमा सारीएको अस्पताल छ । शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थामा ॐ अस्पताल भर्ना हुनुभएकोमा उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई अहिले सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको उनकी छोरी नामोती नेम्बाङले जानकारी दिइन् ।

शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले बताए ।

नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काइँलाको स्वास्थ्योवस्था बुझ्न प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्यरकाव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायतका ब्यक्तित्वहरु ॐ अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

काईँलाको उपचारमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा.कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।