ओली-नेपाल आपसमा बेस्सरी रिसाउनु भएको छ - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

ओली-नेपाल आपसमा बेस्सरी रिसाउनु भएको छ


काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकापसमा निकै रिसाएको र उनीहरुको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने प्रष्ट पारे ।

उनले भने, केपी ओलीसँग माधव कमरेड धेरै रिसाउनुभएको केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म एकता संभव छैन्। म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन लागिरहेको छु । आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको भन्दै गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे ।

नेताहरु एक ठाउँ भएपछि एकता आवश्यक्ता नपर्ने भन्दै गौतमले भने, ‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । मैंले एकताको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा राखिसकेको छु । नेतारकार्यकर्ताहरुलाई धैर्यधारण गर्न भनेको छु ।’