कोरोना संक्रमणका कारण कांग्रेस नेता रामजी कुँवरको निधन - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

कोरोना संक्रमणका कारण कांग्रेस नेता रामजी कुँवरको निधन


काठमाडौं । कोरोना संक्रमणमा परि कांग्रेस नेता तथा बरिष्ठ ट्रेड युनियनकर्मी रामजी कुँवरको निधन भएको छ । काठमाडौको टिचिङ अस्पतालमा निधन भएका कांग्रेस नेता कुँवरको निधनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले श्रद्धान्जली ब्यक्त गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत पौडेलले लेखेका छन्, ‘अत्यन्तै मृदुभाषी र शालीन स्वभावका कुँवर यस दुःखद निधनले नेपालको ट्रेड युनियन आन्दोलन र सिंगो लोकतान्त्रीक आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । दुःखको यो घडीमा स्वर्गीय कुँवरको आत्माको चीर शान्तिको कामना गर्दै सिंगो कुँवर परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

बिगत ४५ दिनदेखि उनी कोरोना संक्रमणमा परेका थिए भने ७ जेठमा टिचिङ अस्पतालमा भर्ना भएका थिए । पोखरा स्थायी घर भएका उनी काग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत हुन । यस्तै उनी ट्रेड युनियन कांग्रेसका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन । उनी गत स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा मेयरका लागि समेत प्रतिस्पर्धामा सहभागी भएका थिए ।

पछिल्लो समय कोरोना नेगेटिभ आएका उनको फोक्सोमा समस्या देखिएको उनका आफन्तले जानकारी दिएका छ्न । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राइले स्वर्गीय कुँवर प्रती भोलि९मंगलबार० १० बजे देखि १ घन्टा ट्रेड युनियन कांग्रेसको अनामनगरस्थित केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धान्जली प्रदान गरिने बताए ।