चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनमा नेपाली नेता - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनमा नेपाली नेता


काठमाडौं(सिआरआइ) । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन आज मंगलबार छ तारिख भिडियामार्फत आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै मन्तब्य दिएका छन् ।

सो सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको महत्वपूर्ण बहुपक्षीय कुटनीतिक कार्यक्रम हो। १६०भन्दा बढी मुलुक र ५००भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरु, दश हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका छन्। यस सम्मेलनको मुख्य विषय जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार हो।

आफ्नो सम्बोधनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्नुपर्ने र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान गरे ।

सी चिन फिङले मानव सबै एक पूर्ण छन् र पृथ्वी एउटा घर हो। साझा चुनौतीहरूको सामना गर्दै, कोही पनि वा कुनै पनि देशले एक्लोपनको सामना गर्नु नपर्ने बताए । ‘घरेलु प्रथम’मा, संसार सानो छ र त्यहाँ सँधै ‘कडा प्रतिस्पर्धा’ हुन्छ भन्दै साझा गन्तव्य साझेदारीको दृष्टिकोणबाट विश्व विशाल छ र जताततै सहयोगका अवसरहरू छन् भन्ने कुरा औल्याए ।

सी चिनफिङले विभिन्न मुलुकबीचको इतिहास, सँस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य हो भन्दै राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनुपर्छ साथै मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने बताए ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार विकास नै विश्वका विभिन्न मुलुकको अधिकार हो भने केही मुलुकको विशेष अधिकार हो। राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ। साथै प्रविधिले नाकाबन्द, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्छ।

सी चिन फिङले नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने, महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने र मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सी चिनफिङले प्रजातन्त्रका विभिन्न तरिका छन् तर एकै मात्र होइन भन्दै एक देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुरा सो मुलुकका जनताले मूल्याङ्कन गर्नुपर्छ तर कुनै मानिसले निश्चित गर्नुहुँदैन भन्ने कुरामा जोड दिए । सीले राजनीतिक दलले प्रशासन सुधार गर्ने जिम्मेवार लिएर जनतालाई सुखमय जीवन प्रदान गर्ने क्षमता बढाइरहनुपर्ने बताउनुभयो। सुखमय जीवन पुग्ने बाटो पनि फरक हुन्छ भने विभिन्न मुलुकका जनताले आफ्नो विकास बाटो र प्रणाली छान्ने अधिकार रहेको पनि सीले उल्लेख गरे । सी चिनफिङले विभिन्न पक्षले आदान(प्रदानलाई बढाएर स्वदेश अवस्थासँग अनुकूल रहने प्रजातान्त्रिक राजनीति निर्माणलाई बढाउनुपर्ने बताए ।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटो अपनाएको छ भने इतिहास र अभ्यासले अगाडि प्रमाणित गरेको छ कि यसबाट सही र स्थिर तथा राम्रोसँग हिँड्न सकिनेछ। यस उज्यालो बाटोमा अडिग रहेर आफू र विश्वलाई फाइदा पुर्याउने पनि सीले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो मुलुकको ठूलो पार्टीको कर्तव्य बहन गर्दै मानव जातिको लाभका लागि नयाँ योगदान सिर्जना गर्नेछ।

गरिबीको न्युनिकरण नै विभिन्न मुलुकका जनताका साझा इच्छा हो भने विभिन्न मुलुकका राजनीतिक पार्टीद्वारा प्रयास गर्ने महत्वपूर्ण लक्ष्य हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि यता चीनले वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको गरिबी न्युनिकरण प्रगतिमा अझ बढी चीनको उपाय तथा शक्ति सिर्जना गर्दै जाने छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले नेपालसहित विश्वका शीर्ष नेतासँग पनि अन्तर्क्रिया गरेको छ। नेपालका तर्फबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागी भएका छन्।