साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।