नेपालमा कोरोनाको तेस्रो लहर फैलिने जोखिम - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपालमा कोरोनाको तेस्रो लहर फैलिने जोखिम


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको जनाएको छ ।

अहिले पनि १० जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शैया र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।