टोकियो ओलम्पिकमा कल्पना परियारको राष्ट्रिय कीर्तिमान - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

टोकियो ओलम्पिकमा कल्पना परियारको राष्ट्रिय कीर्तिमान


काठमाडौं । कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् । यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् ।

शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी उनके अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् ।