अमेरिकी गल्फ खेलाडी उड्स कार दुर्घटनामा परि घाइते - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

अमेरिकी गल्फ खेलाडी उड्स कार दुर्घटनामा परि घाइते


काठमाडौं । अमेरिकी गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा परि घाइते भएका छन् । विश्वका सबैभन्दा सफल गल्फ खेलाडी उड्स मंगलवार बिहान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेट जाँदा अमेरिकाको लस एन्जल्सस्थित रोलिङ हिल्स स्टेट्समा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा उड्सको कार थु्रपैंपटक गुल्टिएको थियो । नराम्रोसँग क्षतिग्रस्त कारमा फसेका उड्सलाई अग्नी नियन्त्रक तथा प्रहरीले उद्दार गरेका थिए । उनको खुट्टामा थुप्रै चोट लागेकोले शल्यक्रिया गरिएको छ ।

अहिले उनको अवस्था खतरामुक्त रहेको उड्सका एजेन्ट मार्क स्टाइनवर्गले बताएका छन् । ४५ पटकका मेजर गल्फ च्याम्पियन उड्स लस एन्जल्सको रिभिएरा कन्ट्री क्लबमा आयोजित एक कार्यक्रममा सहभागि भएर घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।