कालीप्रसाद र अस्मिताको ‘मैना’ सार्वजनिक - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

कालीप्रसाद र अस्मिताको ‘मैना’ सार्वजनिक


काठमाडौं । गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ ।

भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ ।
भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।