कांग्रेस महाधिवेशनका परिदृश्य - रुपान्तरण
 २०७९ श्रावण २६, बिहीबार    

कांग्रेस महाधिवेशनका परिदृश्य


किशोर नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि प्रस्तावित नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उदघाटन भदौ १६ गते नै गर्ने आफनो चाहना बताएका छन । तर, समयले उनको त्यो चाहना पूरा हुनदिने लक्षण अलिकति पनि देखाएको छैन । कांग्रेस महाधिवेशनको नियमित अनुगमन गरी रहेका राजनीतिक संवाददाता र टिप्पणीकारहरुले यो स्तम्भकारलाई दिएको जानकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वले निर्वाचन आयोगसंगको सल्लाहमा महाधिवेशनको तिथि पुनर्संयोजनगर्ने तयारी गरी रहेकोछ ।

निर्वाचन आयोगले कांग्रेसको महाधिवेशनगर्न आउँदो पुससम्मको समय उपलब्ध गराउने सहमति दिइ सकेकोछ । कांग्रेसले निर्वाचन आयोगलाई कोभिड महामारीका कारण महाधिवेशनको तिथि अगाडिसार्नुपरेको बताएको थियो । कारण जे बताएपनि, मुख्य कुरा, अहिलेसम्म कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बिबाद नै टुंगिएको छैन । अरु पनि धेरै तयारीगर्न बाँकी नै छ ।

सभापति देउवाको प्रधानमन्त्रीमा पदारोहणपछि उनी सरकारी काममा अत्यधिक ब्यस्त रहेका छन । देशको राजनीति जस्तो मोडमा रहेकोछ त्यसले देशमा धेरै अप्ठेरो परिस्थिति सिर्जना गरेकोछ । तर, सरकार परिवर्तनकै कारण महाधिवेशनको काम अलमलमा परेको भन्नुपर्ने अवस्था यो होइन । सरकार सन्चालनको मेसिनरी अर्कै छ । पार्टीका केही नेता तथा कार्यसमितिका सदस्यहरुले सभापति देउवामाथि पार्टीको काममा भन्दा सरकारको काममा ब्यस्त रहेकोले पार्टीको काममा अवरोध उत्पन्न भएको बताए पनि यो कुरा पूर्ण सत्य होइन । महाधिवेशन एकजना सभापतिको मात्रै ‘शो’ होइन ।

प्रधानमन्त्रीका रुपमा सभापति देउवाले सरकारको झिनामसीना काम समेत गर्न भ्याएको देखिएको छैन । यसबीच, उनले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन । तर, कुन उमेर सम्मका लाई भ्याक्सिन लगाउने र कसलाई नलगाउने भन्ने यकीनगर्न पनि सकेको छैन स्वास्थ्य मन्त्रालयले । कोरोनाको डेल्टा भेरियन्टले युवा वर्गमाथि आक्रमणगर्ने आशंका बढदै गएकोछ । तर, अठारबर्ष उमेर पुगेका युवावर्गलाई भ्याक्सिन लगाइदिने बारे सरकारले निर्णयगर्न सकेको छैन ।

यता, सर्वदलीय राजनीतिमा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी सरकारमा सम्मिलितहुन तयारछन ।तर, बर्तमान सरकारका निर्माता माधव नेपाल पक्षको एमालेले यी पंक्ति लेखिंदासम्म सरकारमा जाने वा नजाने निर्णयगर्न सकेको छैन । प्रधानमन्त्री देउवाले माधव नेपाल पक्षलाई सरकारमा सम्मिलितहुन बढी दवावदिन खोजेको पनि देखिदैन । यसै हो भने, एमाले (माधव) को सदाशयता लिएर, नयाँ हिसाबबाट सरकारको संयोजनगर्दा नहुने होइन । तर, प्रधानमन्त्री देउवालाई पक्कै यो कुरा थाह छ : उनले नेतृत्व गरेको सरकारको महत्वपूर्ण चरित्र भनेको एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नै हुन । उनले ठूलो राजनीतिक खतरा नमोलेको भए ओली नेतृत्वको सरकार परिवर्तन हुने थिएन । अहिले सरकारमा जान माधव नेपाल किन आलटाल गरी रहेका छन? गुह्य कुरा सरकार चलाउने दलहरुका शीर्ष नेतृत्वलाई नै थाह होला ।

अहिले नेपाली कांग्रेसपार्टीलाई सरकार पनि चाहिएकोछ र महाधिवेशन पनि चाहिएकोछ । यी दुइमा कुन छाड्ने वा कुन समात्ने भन्ने प्रश्न उठदैन । तर, पार्टीका शीर्षस्थ भनिने नेताहरुमा आपसी बिश्वासको चरम संकट छ । पार्टीभित्रका कुनैपनिनेतासंग सभापति देउवाको भर–बिश्वासको सम्बन्ध छैन । आफनो पदलोलुप प्रबृत्ति र बेहोराका कारण सभापति देउवाले बिमलेन्द्र निधिजस्ता लामो समयसम्म आपूmलाई साथदिने दुःख–सुखका सहयात्री मित्र गुमाएकाछन । निधिका लागि कांग्रेस सभापतिको सिंहाशन खाली गरेर राजनीतिबाट सम्मानजनक निर्गमलिन सक्दथे ।उनको नाम चम्किन्थ्यो ।

भर्खरै सभापतिको निकट पुगेका महामन्त्री तथा सरकारले गठन गरेको सर्वदलीय कार्यदलका संयोजक पूर्णबहादुर खड्काले कसैसंग सल्लाह नगरी, मनोमानी ढंगलेर घरेलु हिसावले, उमेशप्रसाद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकोमा प्रधानमन्त्रीसंग ‘चित्त दुखाएका’ छन ।कम बोल्ने र दक्षतापूर्वक आफनो काम गर्नेमा गनिएका महामन्त्री खडकाको प्रतिक्रिया निकै ‘सौम्य’ तर कडा छ ।

एकातिर सभापति देउवाको मनोमानीको यो हालत छ भने अर्कोतिर संस्थापन बिरोधीको मान–सम्मान पाएर बसेका बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवाभन्दा बीसको उन्नाइस पनि छैनन । यति हो कि देशकी ‘राज्यलक्ष्मी’ बरिष्ठ नेता पौडेलको शीरमा बस्न चाहिनन । उनी पाँचपटकसम्म सभापति देउवाकै शीरमा बसिन । र पनि,देउवा सुध्रिएनन । उमेरले बरिष्ठ नेता पौडेल र प्रधानमन्त्री देउवा बर्ष डेढबर्षले जेठा कान्छा होलान । शक्ति र सत्ताको सन्दर्भमा उनीहरु दुबैको स्वभाव उत्तिकै लोभीछ । अहिले देशको राज्य ब्यबस्थामा ‘दलतन्त्र’ हावी भएको अवस्थाको फाइदा उठाउन चाहन्छन दुबै नेता ।

नेता पौडेलकै कुरागर्ने हो भने, उनी समयातीत भै सकेका छन । यतिवेला कुनै अर्को नेतालाई हटाएर बरिष्ठ नेता पौडेललाई सत्ताको शीर्षमा स्थापितगर्ने यो देशमा कोही देखिएको छैन । कांग्रेसभित्र अहिले जब्बर मानिएका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला कसैले पनि बरिष्ठ नेता पौडेललाई अघि बढाउने नियत राखेका छैनन । थप बरिष्ठ नेताहरुमा डा. रामशरण महत, अर्जुन नर्सिंह केसी, गोपालमान श्रेष्ठ सबै आफनै धूनमा छन । बरिष्ठ नेता पौडेलले यो जुनीमा कांग्रेसको सभापतिहुने आफनो रहर मेटाउन आफना कथित साथीभाइसंग जति आग्रह र अनुनय गरेपनि त्यो गाह«ोछ । यस्तोमा बरिष्ठ नेता पौडेललाई सरकारी तामदानमा चढाएर, सिंहदरबार पुर्याउने सपूत कोही छ कि भनेरत सोच्नै परेन । बिभिन्न शक्तिकेन्द्रको स्वार्थसंग अनुकुल अवस्था सिर्जनागर्ने ‘साँचो’ नभएको भए सभापति शेरबहादुर देउवा पनि बरिष्ठ नेता पौडेलकै हालतमा हुन्थे । उनी अहिले प्रधानमन्त्रीहुने थिएनन ।

नेपाल कम्युनिष्ट पार्टीको बिभाजनपछि एमाले पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको समूहमा बिभाजित नभएको भए नेतृत्व ओलीकै हातमा रहने स्थितिको सिर्जना हुन्थ्यो । त्यतिबेला तेस्रोपटक संसद बिघटन भएर चुनावको घोषणा हुने बलियो सम्भावना रहन्थ्यो । शक्ति र सत्ताको यो खेलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अदृश्य भूमिका र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चतुर चालले कांग्रेस सभापतिको हातमा सत्ताको बागडोर परेको हो । यो तथ्यलाई पनि देउवा-समर्थकहरुले बिर्सिन हुँदैन ।

कांग्रेस महाधिवेशनको चर्चागर्दा सभापति पदमा आफनो हक देखाउने नेताहरुमा शशांक कोइराला, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह मुख्य चर्चामा छन । कांग्रेस र देशको दुर्भाग्य यही नै हो कि जनताले युवा भनेर हेरिएका र चिनिएका नेता नै बूढा भइ सके । कांग्रेसजस्तो गतिशील पार्टीमा यसप्रकारको बिचित्र अवस्था देखिनु नै दुर्भाग्यपूर्ण हो । यो अवस्थामा पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल जस्ता नेता सभापति पदका लागि र्याल चुहाएर बसेका छन । उनीहरुलाई मात दिनु कांग्रेसभित्रका तन्नेरीहरुको कर्तब्य हो । तर, यो कर्तब्य निर्वाहगर्न कांग्रेसका युवाहरु तत्पर देखिएका छैनन ।

अहिले चर्चामा रहेका कांग्रेस सभापति पदका उम्मेदवारहरुमा सबैको आ-आफनै खूवी र दक्षता छ । कोइराला परिवारको पहिलो उत्तराधिकारीका हिसावले शशांक कोइरालाबाटै कुरा शुरु गर्नु उचित होला । उनी बीपी कोइरालाका कान्छा सुपुत्र हुन । उनमा राजनीतिक छलकपट देखिदैन । उनीमाथि मानिसले सहज बिश्वासगर्न सक्दछन । शशांकमा त्यतिसारो राजनीतिक गतिशीलता देखिदैन । बीपीका सुपुत्र भएर पनि, उत्तराधिकारको चमत्कारिक प्रयोगगर्ने र तमाशा देखाउने उनको स्वभाव देखिदैन ।

शेखर कोइराला : केशवप्रसाद कोइराला र कांग्रेसको जब्बर महिला नेतृ नोना कोइरालाका कान्छा सुपुत्र शेखर कोइरालाले  १३औं महाधिवेशन सम्पन्न भए लगत्तै चौधौं महाधिवेशनमा कांग्रेस सभापति पदमा निर्वाचन लडनका लागि आफूलाई तयार पारेका हुन । आफनो ध्येयमा उनको समर्पण निकै लोभलाग्दो र आकर्षक छ । उनलाई आफनो लक्ष र त्यसको महत्वको राम्रो ज्ञान छ । ‘कोशु दाजु-नोना भाउजु’ लाई छाडेर शेखरले कुनै उत्तराधिकारित्वको जिम्मेवारी वहनगर्नु पर्दैन । उनले देशभरिका कार्यकर्तामा आफनो राजनीतिक सम्पर्कको जालो बिछ्याएका छन । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनी अव्वल मानिन्छन ।

बिमलेन्द्र निधि : बीपी कोइरालाको आशिर्वाद लिएर २०३६ सालमा नेपाल बिद्यार्थी संघको सबैभन्दा कान्छो उमेरका अध्यक्षमा स्थापित भएका थिए बिमलेन्द्र निधि । त्यसपछिका दिनमा उनले अहिलेसम्म पछाडि फर्किएर हेरेका छैनन । निर्भय र हक्की स्वभावका नेताका रुपमा उनको पहिचान बनेकोछ । उतिबेला बीपीले बिमलेन्द्रको हात समातेर मन्चमा तान्नुको सांकेतिक महत्व अहिले प्रकट भएकोछ । बिमलेन्द्रले पिता महेन्द्रनारायण निधिबाट हक्की स्वभाव सिकेका हुन । राजनीतिक रुपले गतिशील बिमलेन्द्र स्तरीय योजनाका निर्माता रप्रभावशाली चिन्तकका रुपमा चिनिन्छन । मूल रुपले मधेशी भएपनि बिमलेन्द्र नेपालका हरेक भागमा सुपरिचित छन ।

नेपाली लोकतान्त्रिक राजनीतिका लौहपुरुष तथा राष्ट्रिय जन आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंह तथा महिला नेतृ मंगलादेवी सिंहका सुपुत्र प्रकाशमान सिंह आफनो लक्ष्यमा समर्पित हक्की ब्यक्तित्व हुन । उनका बारेमा यो भन्दा बढी अरु केही भनिरहनु पर्दैन ।संघीय राजधानीका केन्द्रीय नेताका रुपमा उनको ब्यक्तित्व प्रभावशाली छ । लोकतान्त्रिक हिसावले शक्तिको प्रयोग प्रकाशमान सिंहको उद्देश्य देखिन्छ ।

 

"