टिकटकमा भाइरल गीत ‘फुर्के धागो २’बजारमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

टिकटकमा भाइरल गीत ‘फुर्के धागो २’बजारमा


काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि  ‘फुर्के धागो २’ बजारमा आएको छ ।

यस बर्षको तीजलाई लक्षित गरेर सोही टिमले ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरिएको हो । यो गीतलाई  ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। उक्त गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् ।

गीतमा पछिल्लो समय फुर्के धागो गीतबाट चर्चामा रहेका मोडल नयन डिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय युवा पुस्तामाझ परिचित मोडल डिसीले यसअघि ‘फुर्के धागो’, ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् ।

एरोविक्स डान्सका गुरु समेत रहेका डिसीले विगत १० बर्षदेखि अभिनय सिकाउँदै समेत आएका छन् । यस्तै मोडल अधिकारीका  ‘गलबन्दी’,  ‘बोल माया’,  ‘फुलमती चनमती’ लगायतका गीतमा लोभलाग्दो अभिनय गरिसकेकी छिन् । 

यसअघि फुर्के धागो बोलको गीतले युटुबमा ३८ लाख ओभर भ्युज पाएको छ टिकटकमा समेत उत्तिकै भाइरल बनेको थियो ।  ‘फुर्के धागो २’ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

IFrame