सहकार्यका लागि जसपालाई दाहाल–नेपाल समूहको प्रस्ताव - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

सहकार्यका लागि जसपालाई दाहाल–नेपाल समूहको प्रस्ताव


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति दाहाल–नेपाल समूहले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरूले दाहाल–नेपाल समूहको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए ।

‘उहाँहरूले सरकार बनाउने प्रस्ताव राख्नुभयो,’ उनले भने, ‘हामीले तपाईंहरू कुन पार्टी हो भनेर प्रश्न गर्यौं, संसदीय व्यवस्थामा पार्टी त चाहियो, पहिला त्यो कुरा प्रस्ट हुनस् भन्यौं ।’ आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।

जसपा नेताहरूले पटक–पटक आफूहरूले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । उनीहरूले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन् ।

सर्वोच्च आदालतले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा दाहाल–नेपाल समूहका नेताहरूले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छ ।

"