नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले दिए राजीनामा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले दिए राजीनामा


काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजीनामा दिएका छन । राष्ट्रिय क्रिकेट टोलीसँगै ओमान भ्रमणमा रहेका उनले नेपाल क्रिकेट संघ(क्यान)लाई इमेल पठाएर राजीनामा दिएको जानकारी गराएका छन् । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उजको राजीनामाको पुष्टि गरे ।

सचिब प्याकुरेलले ओमान भ्रमण सकिएपछि सम्झौताको म्याद थप्नेबारे छलफल गर्ने क्यानले सोच बनाएकोमा बीचमै राजीनामा आउनु अप्रत्याशित भएको प्रतिक्रिया दिए ।

गत् पुस पहिलो साता उनीसँग नेपाल क्रिकेट संघले एक वर्षे अनुबन्धन सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानका सचिब प्याकुरेलले भने, “सम्झौताको ‘टिओआर’भित्रै रहेर उहाँले राजिनामा गर्नुभएको हो तर राजिनामाको उपयुक्त समय भएन ।” राष्ट्रिय क्रिकेट टोलि हाल विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानमा रहेको छ । टोलि तयारीमा रहँदा प्रमुख प्रशिक्षकको राजिनामाले खेलाडीको समग्र प्रदर्शन प्रभाबित हुने आँकलन गरिएको छ ।

प्याकुरेलले ओमान भ्रमण सकिएपछि उनको राजीनामा लागू हुने बताए । ‘टिओआर’मा प्रशिक्षकबाट राजीनामा दिनुपर्ने भए एक महिना अगाडि जानकारी गराउनुपर्ने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्थालाई टेकेर प्रशिक्षक व्हाटमोरले राजिनामा दिएका हुन् । उनको अनुबन्धन सम्झौता डिसेम्बर महिनामा मात्रै सम्पन्न हुँदै थियो ।