अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउ : ओली - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउ : ओली


काठमाडौं । अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।

पार्टीभित्रको बिग्रहका कारण प्रतिनिधि सभासमेत विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछि पनि आफूलाई पदबाट हटाएर देखाउन दाहाल–नेपाललाई खुला चुनौती दिएका हुन् ।

आइतबार झापाको आफ्नो निर्वाचन क्षेत्रमा बनाउन लागिएको औद्योगिक पार्क शिलान्यास गर्दै ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपाल कांग्रेस सभापतिसमक्ष लम्पसार परिरहेको टिप्पणी गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दाहाल र नेपाल पुगेको सन्दर्भ कोट्टयाउँदै ओलीले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुप¥यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

देशको विकास रोक्न आफूलाई हटाउन खोजेकामा कांग्रेस सभापति देउवाले विश्वास नगरेर विचार गरौंला भन्दै फर्काइदिएको, जनता समाजवादी पार्टीका नेताहरुले तपाईंहरुको पार्टी कुन हो भनेर प्रश्न गरेको भन्दै ओलीले यसबाट उनीहरु झस्किएको बताए ।