अदालतहरुमा १५ दिन दशैं विदा - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

अदालतहरुमा १५ दिन दशैं विदा


काठमाडौं । देशभरका अदालतमा विहीबारदेखि दशैं विदा हुने भएको छ । १५ दिनका लागि अदालतले दशैं विदा दिंदैछ । सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले बुधबार एक सूचना जारी गर्दै असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने जनाएका छन् ।

सामान्यतः अन्य सरकारी कार्यालय दशैंका अवसरमा घटस्थापनासहित ६ दिन दशैं विदा दिनेगरे पनि अदालतहरु भने १५ दिन विदा दिने चलन छ ।

यद्यपी, दशैं विदाका अवधिमा बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुने ढकालले जानकारी दिएका छन् । बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ ।