मन्त्री हमाललाई प्रधानन्यायाधीशसँग जोड्नु गलत - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

मन्त्री हमाललाई प्रधानन्यायाधीशसँग जोड्नु गलत


काठमाडौं । मन्त्रिपरिषद्को पूर्णतापछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार भएको जनाएको छ ।

मन्त्रीहरु हेरफेर तथा पूर्णतापछिको पहिलो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हमाल नेपाली काङ्ग्रेसको तर्फबाट मन्त्री बन्नुभएको बताए ।

उनले हमालको योगदान र लगशीलताका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नुभएकाले यो नियुक्तिप्रति न्यायालयलाई जोड्नु गलत भएको जानकारी दिए । बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गर्ने निर्णय भएको पनि कार्कीले जानकारी दिए ।