हनुमानढोका दरबारमा फुलपाती, टुँडिखेलमा बढाइँ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

हनुमानढोका दरबारमा फुलपाती, टुँडिखेलमा बढाइँ


काठमाडौं । नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फुलपाती बढाइँ समारोह आयोजना गरेको छ । फूलपाती बढाइँ समारोहमा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सरिक भएकी छन् । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो । यस्तै तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । सो क्रममा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको सेनाले जनाएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी थिए ।

त्यस्तै सेनाले गोरखाबाट ल्याएको फुलपाती हनुमानढोका दरबारको दसैं घरमा भित्राएको छ । मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती धादिङको जीवनपुरबाट रामकोट, स्वयम्भू हुँदै जमलसम्म ल्याइएको फुलपाती शार्दुलजंग गुल्म र गुर्जुको पल्टनले बुझेपछि चार बजे जमलबाट हनुमानढोकामा रहेको दशैंघरमा पुर्याएर भित्राइएको हो ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय प्राप्त गरेपछि सुरु भएको यो परम्परालाई दरबार अड्डा र नेपाली सेनाले निरन्तरता दिंदै आइरहेको छ ।

"