मोदीले लगाए कोरोनाविरुद्धको खोप - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मोदीले लगाए कोरोनाविरुद्धको खोप


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन । उनले लेखेका छन्, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’
आफूले खोप लगाएपछि मोदीले खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गर्नु भएको छ । ‘आऔँ सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाऔँ ।’ भारतमा सोमबारदेखि कोरोना भाइरस बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको छ ।

"