न्यायालय विवादबारे कांग्रेस नबोल्ने ! - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

न्यायालय विवादबारे कांग्रेस नबोल्ने !


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्र न्यायालयमा देखिएको विवादको विषयमा फरक फरक धारणा आएको छ । धेरैजसोले मौन बस्नुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा तत्कालका लागि पार्टीको तर्फबाट कुनै पनि पक्षमा नबोल्ने विषयमा छलफल भएको थियो । बैठकमा न्यायपालिकाको पछिल्लो अवस्थाबारे नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरू चुप लागेर बस्नु नहुने बताएका थिए ।

पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा पक्ष वा विपक्षमा लाग्न नहुने भन्दै त्यहीँ भित्रैबाट निकास आउनुपर्ने बताए । त्यस्तै सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताए ।

"