नेपालमा लन्च गरियो होण्डाको नयाँ एमेज २०२१ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा लन्च गरियो होण्डाको नयाँ एमेज २०२१


काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि लेस्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स लिड प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको लिड डिआरएलएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यानआकर्षण गर्नेछ ।

यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस हो । त्यसैगरी यस एमेज २०२१ मागाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनसिएपीबाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा७ स्पिड सिभिटि गियरबक्स् रहेको छ ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझआकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सि सेप्ट लिड कम्बिनेसन ल्याम्प क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।

 

"