भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन हुँदै - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन हुँदै


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज संचालन गरि भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् ।

भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरिय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले यस्तो बताएका हुन् ।

उनले जल यातायात सम्बन्धि विभिन्न सन्धि सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएका बताए ।

उनले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडी बढाइएको बताए ।

मन्त्री नेम्बाङ्गले नेपाल भूपरिवेष्टितबाट भूजडित देशको रुपमा विकसित भएको समेत उल्लेख गरे । उनले जलयातायात संचालन सम्बन्धि नेपालको प्रयास निक्कै पुरानो भएको बताए ।

उनले भने,‘यो तपाईंको लागि आश्चर्यको विषय हुनसक्छ कि नेपालले पानीजहाज सम्बन्धी ऐन सन् १९७१ पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज संचालन हुन सकेन । निक्कै लामो समय पछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडी बढाएको छ ।