बैंक तथा वितीय संस्थामा तरलता पर्याप्त - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

बैंक तथा वितीय संस्थामा तरलता पर्याप्त


काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला पर्याप्त भएको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै सिइओ गुरागाईले बैंक तथा वितीय संस्थामा तरलता संकटको समयमा पनि बैंकमा तरलता अभाव नभएको बताए ।

बैंक तथा वित्तीय सहकारीमा तरलता अभाव भइरहेका बेला सहकारीमा त्यस्तो तरलता संकट नदेखिएको उनले बताए । अझै केही समय तरलता संकट भएपनि सहकारीमा त्यस्तो समस्या नआउने गुरागाईले दावी गरे ।

गुरागाईका अनुसार बैंकको गत असारसम्मको तुलनामा यसअवधिमा कुल कर्जामा ५० प्रतिशतले बढेको छ । शुक्रबारसम्मको वित्तीय विवरण अनुसार तरलता १७.७३ र कर्जा निक्षेप अनुपात ७९.१६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यो राष्ट बैंकले तोकेको सिडी रेसियो ११ प्रतिशत भन्दा बडी हो । त्यस्तै बैंकको न्यूनतम पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकका सिइओ गुरागाईले बैंकको वित्तीय अवस्था मजबुत भएको दावी गर्दै निक्षेप फिर्ता गर्न र कर्जा प्रवाह गर्न समस्या नभएको बताए ।

बैंकले ५० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब कर्जा प्रवाह गरेको छ । शुक्रबार मात्र बैंकमा १८ करोड ४० लाख निक्षेप संकलन भएको बैंकले जनाएको छ । बिहीबार ३ करोड निक्षेप संकलन भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंक तथा वित्तीय संस्थाको जस्तो सहकारीमा तरलता अभाव नभइसकेको बताए । केही समय यस्तै अवस्था रहीरहदाँ पनि सहकारीमा तरलता अभाव नआउनेगरी बैंक सचेत रहेको बताए ।