निष्ठा र इमान कायम राख्ने सभामुखको लक्ष्य - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

निष्ठा र इमान कायम राख्ने सभामुखको लक्ष्य


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् । संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसकानिम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह गरे ।

सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना भने उपस्थित भएनन् । मूल समारोहको प्रमुख अतिथि सभामुख सापकोटा थिए ।

सभामुख प्रमुख अतिथि भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नजानुलाई अर्थपूर्ण मानिएको छ । कार्यक्रममा चार जना कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।