सौरभ ज्योतीलाई व्यवसायतर्फको उत्कृष्ट करदाता सम्मान - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

सौरभ ज्योतीलाई व्यवसायतर्फको उत्कृष्ट करदाता सम्मान


काठमाडौं । काठमाडौं महानगरपालिकाले २७औं महानगर दिवसका अवसरमा व्यापारिक घराना ज्योति ग्रुपका संचालक सौरभ ज्योतीलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ ।

करको दायरालाई फराकिलो गर्ने नीति अनुरुप चालू आर्थिक बर्षलाई महानगर कर अभियान बर्षका रुपमा मनाइरहेको सन्दर्भमा व्यवसाय करतर्फ सबैभन्दा बढी कर बुझाउने व्यवसायीका रुपमा सम्मान गरेको हो । मेयर विद्यासुन्दर शाक्य, प्रमुख पशासकीय अधिकृत ज्ञवालीलगायतका अथितिहरुले उनलाई प्रमाण पत्र प्रदान गरेका थिए ।