दशैं-तिहार योजना ‘होण्डाको साथ७’ को विजेताहरु घोषित, साबित्राले जितिन १५ लाख - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

दशैं-तिहार योजना ‘होण्डाको साथ७’ को विजेताहरु घोषित, साबित्राले जितिन १५ लाख


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ७’ को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयच कुपनमार्फत सात प्रदेशबाट भाग्यसाली सात जनाले रु. १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यसाली विजेताले रु.१५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

‘होण्डाको साथ७’ योजना अन्तर्गत प्रदेश १ बाट एसटीसी बिराटनगरबाट रबिना चौधरी, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजबाट राम प्रकाश यादव., प्रदेश ३ बाट एसटीसी टेकु सिटिजन व्यङ्कबाट अनिना मानन्धर प्रदेश ४ बाट कुँवर ब्रदर्सबाट जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेशनलबाट अनप्रसाद काफ्ले, प्रदेश ६ बाट न्यू बुलबुले अटोसेल्समार्फत तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले एक लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी एसटी अटो प्रदेश ५ बाट साबित्रा श्रेष्ठले बम्पर उपहार रु. १५ लाख प्राप्त गरेकी छन् ।

यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा सात प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैल चालिस हजारसम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।