इच्छाराज पुर्पक्षका लागि थुनामा - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

इच्छाराज पुर्पक्षका लागि थुनामा


काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले उक्त आदेश दिएको हो । ७० करोड भन्दा बढी ठगी आरोपमा १३७ जना पीडितले सीआइबीमा उजुरी दिएका थिए ।

उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुमध्ये १२ जनालाई पक्राउ गरिएको थियो भने ९ जनालाई धरौटीमा छाडिएको छ ।

सीआइबीले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । तामाङ नेकपा एमालेका पूर्व सांसद समेत हुन् ।

"