बिहीबार सार्वजनिक बिदा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

बिहीबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

यसअघि गृहमन्त्रालयको लेटरहेडमा मिति संसोधन गरेर सामाजिक सञ्जालमा सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएको थियो ।

सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ ।