देउवाले गरे तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित, अब २० बाँकी - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

देउवाले गरे तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित, अब २० बाँकी


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । यसअघि उनले १० नेतालाई मनोनित गरिसकेका छन् । मनोनित गर्न पाउने ३३ मध्ये १३ जना मनोनित भइसकेका छन् । अब २० जना बाँकी छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेताहरु जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

‘कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम श्री जीवनबहादुर शाही, श्री प्रदीप पौडेल र श्री कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ’, मुख्यसचिब पौडलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मनोनित तीनै जना पदाधिकारीमा पराजित नेताहरु हुन् । गुरुङ सभापतिमा पराजित भएका थिए । उनले सभापतिको दोस्रो चरणमा देउवालाइ सघाएका थिए । पौडेल महामन्त्रीमा पराजित भएका थिए । उनी देउवा पक्षकै हुन् । त्यस्तै शाही सहमहामन्त्रीमा पराजित भएका थिए । उनी देउवा पक्षकै हुन् ।