राष्ट्रिय सभा सदस्यमा मिल्यो भागबन्डा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

राष्ट्रिय सभा सदस्यमा मिल्यो भागबन्डा


काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठक भागवन्डा मिलाएको छ । फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाको २० सिटका लागि गठबन्धनले भागभन्डा टुङ्याएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार स्रोतका अनुसार २० सिटमध्ये एमालेबाट रिक्त हुने आठ सिटमध्ये नेपाली कांग्रेसलाई ३, माओवादी केन्द्रलाई २ तथा नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई १/१ सिट हुनेगरी बाँडफाँड गरेको हो।

अन्य ११ सिटमा भने साबिकका विजयी दलहरुले नै पाउने निष्कर्ष बैठकले निकालेको छ। मनोनीतको एक सिट भने प्रधाननमन्त्रीले लिने बताइएको छ।

जस अनुसार मनोनीत १ पदलाई छाडेर कांग्रेसका लागि ६, माओवादी केन्द्रका लागि ६, एकीकृत समाजवादीलाई ५ सिट भागमा परेको छ। जसपा र राष्ट्रिय जनमोर्चाका लागि भने अहिले प्राप्त १/१ सिट मात्रै रहेका छन्।

आगामी फागुन २१ गतेबाट चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। त्यसमा एमालेबाट ८, माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट ४, कांग्रेसबाट ३ र मनोनीत १ जना सांसद छन्।

"