राष्ट्रियसभा निर्वाचन : नौ दलबाट ४३ जनाले गराए उम्मेदवारी दर्ता - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

राष्ट्रियसभा निर्वाचन : नौ दलबाट ४३ जनाले गराए उम्मेदवारी दर्ता


काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नौं वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत छन् ।

उक्त निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा भएको थियो ।