हेलिकोप्टरमा गएका देउवा अटो चढेर धरान घुम्दा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

हेलिकोप्टरमा गएका देउवा अटो चढेर धरान घुम्दा


काठमाडौं । धरान डे लगायतका कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय टेम्पोमा चढेर यात्राको मजा लिएका छन् । मंगलबार विहान १० बजे नै हेलिकोप्टरमार्फत धरान पुगेका उनले एक कार्यक्रमको सिलसिलामा टेप्पोको यात्रा गरेका हुन् ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा निर्माण गरेको प्रशोधन केन्द्र उद्घाटनका क्रममा उनले टेप्पोमा यात्रा गरेका हुन् ।

उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको हो । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिएको प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।