६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन


काठमाडौं । राजश्व संकलनमा सरकारले केही सुधार गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । अघिल्लो बर्ष २०७६/०७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क प्रस्तुत गर्दै आम्दानी बढ्दै गएको तर खर्चमा भने उतार चढाव देखिएको जनाएको छ ।

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको पनि मन्त्रालयको दाबी छ । आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा १४ दशमलव ४ प्रतिशत भएको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो ।

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ । यस्तै यस अवधिमा चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको पनि मन्त्रालयले जनाएको छ ।