कांग्रेसले बनायो कार्यसम्पादन समिति - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

कांग्रेसले बनायो कार्यसम्पादन समिति


काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पदाधिकारीबाहेक २४ जनाको नाम अनुमोदन गरेको हो । बैठकले पदाधिकारीहरुसहित सदस्यहरुलाई कार्यसम्पादन समितिमा अनुमोदन गरेको हो । समितिमा सभापति १, उपसभापति २, महामन्त्री २, सह महामन्त्री ८ जना रहेका छन् ।

त्यस्तै रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, सुनीलबहादुर थापा, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

यस पटक ४६ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । जसमा सभापति, उपसभापति २, महामन्त्री २, कोषाध्यक्ष १ र सहमहामन्त्री ८ , ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । तर कोषाध्यक्ष र प्रवक्ता पनि तोकिएको छैन् ।
शुक्रबार जम्मा २४ जना तोकिएकामा अब ९ जना तोक्न बाँकी रहेको छ । त्यसमा पनि एक जना प्रवक्ता र एक जना कोषाध्यक्ष हुनेछन् । कार्यसम्पादन समितिलाई पार्टी चलायमान बनाउन केन्द्रीय कार्यसमिति भन्दा पनि महत्वपूर्ण मानिन्छ ।